बुटवल, २४ साउन । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको ज्यन गएको बताइएको छ । प्रहरीका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटना भएको छ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ। उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरका २६ वर्षीय कार चालक देवेन्द्र चौधरीको मृत्यु भएको खुलेको छ ।घाइते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय अनिल यादव रहेको बताइएको छ।




