काठमाडौं, २२ साउन । १ भदौदेखि सुरु हुने विद्यार्थी भर्ना नरोकिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारले गरेको निर्णय कार्यान्वन गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
केन्द्रले नतिजा सार्वजनिक, विद्यार्थी भर्ना, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउन, शिक्षकहरू विद्यालयमा पुग्न भनेको छ ।

यसअघि सरकारले १ भदौदेखि विद्यार्थी भर्ना गर्ने निर्णय गरेको थियो । केन्द्रले सरकारको निर्णय कार्यान्वन गराउन स्थानीय तहलाई भनेको हो ।



