advertisement

भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

" /> भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ मा कोरोना पुष्टि, संक्रमितको संख्या १९ लाख नाघ्यो - Sarbocha Media

भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ मा कोरोना पुष्टि, संक्रमितको संख्या १९ लाख नाघ्यो

`

     २०७७ श्रावण २२ गते ६:२५

काठमाडौं, २२ साउन । भारतमा लगातार कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढीरहेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यस्तै ९ सय ४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको छ भने कोरोनाबाट अहिलेसम ४० हजार ६ सय ९९ जनाको मृत्यु भएको छ ।

advertisement

भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?