काठमाडौं, २२ साउन । सुनको मूल्य आज पनि बढेको छ। प्रतितालो ११ सयले बढेर फेरि नयाँ रकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितालो एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा बढेको सूनको मूल्यको असर नेपालमा देखिएको बताइएको छ।




