काठमाडौं, २२ साउन । वीरगञ्जमा फेरि ४३ जना कोरानाको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भएको पुष्टि भएको हो ।
वीरगञ्जका ४०, रौतहट, बारा र महोत्तरीका एक एक जनामा कोरोना पुष्टि भएको नारायणीअस्पतालले जनाएको छ। कोरोना देखिनेमा नेपाली सेनाका कर्मचारी बढी रहेका छन् भने संक्रमितको उमेर २० देखि ४० वर्ष रहेको छ।





