काठमाडौं, २१ साउन । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर तोलाको एक लाख रुपैयाँ नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।

चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेर १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।




