एजेन्सी, २१ साउन । लेवनानको राजधानी बेरुतमा ठूलो विष्फोटन हुँदा ७८ जनाको ज्यान गएको छ ।
विष्फोटमा परी चार हजार भन्दा बढी मानिसहरु घाइते भएको जनाइएको छ। विष्फोटक पदार्थ भएको एक गोदाममा बिस्फोट भएको बताइएको छ।
रोयटर्सका अनुसार एक पत्रकार पनि उक्त विष्फोटनमा ज्यान गएको जनाएको छ। गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ।
लेवननका राष्ट्रपति मिशेल अउनले घटनामा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्। घटना पछि लेवननमा तीन दिने शोक घोषणा गरिएको छ।

बिष्फोटका कारण बेरुत वरिपरिका भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेका छन् ।




