advertisement

प्रधानमन्त्री समेत रहेका नेकपा ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।

तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् । ‘कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन,’ स्रोत भन्छ, ‘भोलि मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।’

अविश्वास र असहमतिको गोलचक्करसँगै बहुमत–अल्पमतको शक्ति–परीक्षणमा केन्द्रित दुवै पक्षबीच सहमतिका लागि छलफल सविचालय बैठकबाट शुरु गर्ने कि स्थायी कमिटी बैठकमा जाने भन्नेमा विवाद जन्मेको हो ।

" /> ओली-प्रचण्डको छलफल : दुवैले आ-आफ्नाे अडान छाडेनन् - Sarbocha Media

ओली-प्रचण्डको छलफल : दुवैले आ-आफ्नाे अडान छाडेनन्

`

     २०७७ श्रावण १९ गते ८:२९

काठमाडौं, १९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल ‘दाहाल ‘प्रचण्ड’ बीचको आज (सोमबार) बालुवाटारमा भएको छलफल कहाँबाट सहमति खोज्ने भन्ने विषयमै अन्योल हुँदै सकिएको छ ।

‘ठोस सहमति’ खोज्ने भन्दै साक्षीसहित छलफलमा बसेका दुई अध्यक्षबीचको वार्ता विना निष्कर्ष सकिएको हो । आज (सोमबार) विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । दुबै अध्यक्ष आ–आफ्नो अडानमा ‘टसमस’ नहुँदा तत्काल सहमतिको कुनै विन्दु नदेखिएको स्रोतले जानकारी दिएको छ ।

advertisement

प्रधानमन्त्री समेत रहेका नेकपा ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।

तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् । ‘कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन,’ स्रोत भन्छ, ‘भोलि मंगलबार साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।’

अविश्वास र असहमतिको गोलचक्करसँगै बहुमत–अल्पमतको शक्ति–परीक्षणमा केन्द्रित दुवै पक्षबीच सहमतिका लागि छलफल सविचालय बैठकबाट शुरु गर्ने कि स्थायी कमिटी बैठकमा जाने भन्नेमा विवाद जन्मेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?