काठमाडौं, १९ साउन । मेलम्चीको पहिरोमा पुरिएका ८ जनामध्य ५ जनाको शव भेटिएको छ । टहरोमा बसेका उनीहरुलाई गएराति करिब दुई बजेतिर पहिरोले पुरेको थियो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा फेला परेका मृतकमध्ये दुई जना बाहेक अरुको परिचय नखुलेको जनाइएको छ । पहिरोमा पुरिएका उनीहरु कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् ।

वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको प्रहरीले बताएको छ। पहिरोमा ९ जना पुरिएको थियो जसमध्य एक जनालाई सकुसल उद्धार गरिएको थियो । प्रहरीले घटनास्थलबाट उद्धार गरिएका उनी भारतीय नागरिक बारु साह हुन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।




