advertisement

स्वाब संकलन गरेपछि ती चालकले ३ दिनसम्म शंखमुल रुटमा ट्याम्पो चलाउनुभएको थियो । शनिबार पनि ट्याम्पो चलाउदै गर्दा उहाँको रिपोर्ट पोजेटिभ रहेको जानकारी ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गराएको थियो । हालसम्म नेपालमा २ जना यातायात व्यवसायीलाई कोरोना पुष्टि भएको छ, जसमा एक जनाको मृत्यु भइसकेको छ ।

सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सन्चालनमा ल्याउने निर्णय गरेको थियो । भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सन्चालनमा ल्याउने निर्णय पनि सरकारले गरिसकेको छ ।

" /> काठमाडौंमा ट्याम्पो चालकलाई कोरोना, ३ दिनसम्म यात्रु बोकेका थिए - Sarbocha Media

काठमाडौंमा ट्याम्पो चालकलाई कोरोना, ३ दिनसम्म यात्रु बोकेका थिए

`

     २०७७ श्रावण १८ गते १:१५

काठमाडौं, १८ साउन। काठमाडौंमा सफा ट्याम्पो चालकलाई कोरोना भाइरस रोग (कोभिड – १९) पुष्टि भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राईले शनिबार ४७ वर्षका पुरुष ट्याम्पो चालकलाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित चालक लकडाउन भएपछि सुदुरपश्चिम जानुभएकोमा ४ दिनअघि मात्रै काठमाडौं आउनुभएको र फर्कने क्रममा उहाँको नागढुंगा नाकामा स्वाब संकलन गरिएको थियो ।

advertisement

स्वाब संकलन गरेपछि ती चालकले ३ दिनसम्म शंखमुल रुटमा ट्याम्पो चलाउनुभएको थियो । शनिबार पनि ट्याम्पो चलाउदै गर्दा उहाँको रिपोर्ट पोजेटिभ रहेको जानकारी ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गराएको थियो । हालसम्म नेपालमा २ जना यातायात व्यवसायीलाई कोरोना पुष्टि भएको छ, जसमा एक जनाको मृत्यु भइसकेको छ ।

सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सन्चालनमा ल्याउने निर्णय गरेको थियो । भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सन्चालनमा ल्याउने निर्णय पनि सरकारले गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?