advertisement

निषेधाज्ञाको समयमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन हुने बताइएको छ ।

" /> बाँकेमा तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी - Sarbocha Media

बाँकेमा तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी

`

     २०७७ श्रावण १८ गते ५:३०

नेपालगञ्ज,१८ साउन। बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । कोरोनाको जोखिम हुन नदिन निषेधाज्ञा जारी गरेको हो ।

एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाइएको छ । अत्यावश्यकीय कामबाहेक घर बाहिर अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ ।

advertisement

निषेधाज्ञाको समयमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?