एजेन्सी, १७ साउन । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार विश्वव्यापी कोरोना भाइरस संक्रमणको घटनामा ठूलो उछाल देखिएको छ।
शुक्रबार एक दिनमा विश्वमा २ लाख ९२ हजार ५ सय २७ कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै शुक्रवार ६ हजार २ सय १२ व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन्।

यस भन्दा अगाडि जुलाईमा २४ घण्टामा २ लाख ८४ हजार २ सय ९६ जनामा संक्रमणका केसहरू दर्ता भएको थियो।
सबैभन्दा धेरै संक्रमणको रिपोर्ट गरिएको देशहरूमा अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिका समावेश छ।




