एजेन्सी, १७ साउन । भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार एक सय १७ नयाँ कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै ७ सय ६४ जनाको ज्यान गएको छ ।

हालसम्म भारतमा कोरोनाको संक्रमितहरु १६ लाख ९५ हजार ९ सय ८८ पुगेका छन् । भारत सरकारका स्वास्थ्यमन्त्रालयका अनुसार अहिलेसम्म ३६ हजार ५ सय ११ जनाको कोरोनाबाट मृत्यु भएको छ।




