advertisement

मृतक परिवारमा पाँच जना रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । स्थानीय र प्रहरी मिलेर शव राति नै निकालेका थिए ।

सोही स्थानमै अन्य केही घर जोखिममा रहेको जनाइएको छ ।

" /> गुल्मीमा पहिरो खस्दा एकै परिवारका ४ जनाको गयो ज्यान - Sarbocha Media

गुल्मीमा पहिरो खस्दा एकै परिवारका ४ जनाको गयो ज्यान

`

     २०७७ श्रावण १७ गते ३:५५

गुल्मी, १७ साउन । गुल्मीमा अविरल वर्षाको कारण घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा शुक्रबार राति करिब साढे सात बजे घरमाथि ढुंगा खसेर ज्यान गुमाएकाहरु ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिता रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

advertisement

मृतक परिवारमा पाँच जना रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । स्थानीय र प्रहरी मिलेर शव राति नै निकालेका थिए ।

सोही स्थानमै अन्य केही घर जोखिममा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?