advertisement

संक्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष गरी ६४ जना रहेको बताइएको छ ।

" /> पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

पर्सामा सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ श्रावण १७ गते २:५५

वीरगञ्ज, १७ साउन  । पर्सामा सांसद प्रदीप यादव, उनका चालक, पिएसओसहित थप ६४ जनामा कोरोना संक्रमणको
पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परीक्षणहरुको नतिजा शुक्रबार राति सार्वजनिक गरिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये एक पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य (सांसद ) प्रदीप यादव , सांसद् यादवका निजि ड्राइभर र पीएसओ समेत रहेका छन् ।

यादव घरमा नै आईसोलेसनमा बसेका छन् । उनमा कुनै प्रकारका लक्षण नरहेको जनाइएको छ। त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेको नारायणी अस्पतालले जनाएको छ ।

advertisement

संक्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष गरी ६४ जना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?