काठमाडौं, १४ साउन । भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ६३२ जना कोरोना संक्रमित देखिएको छ । यो भारतमा अहिले सम्मकै उच्च संक्रमित वृद्धि रहेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ ।
गत आइतबार कोरोना संक्रमित ४८ हजार ९३२ देखिएको थियो । सोमबार ४६ हजार ४८४ जना संक्रमितको रेकर्ड थियो । हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३४ हजार २ सय २४ ले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ७७६ भन्दा बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ५ लाख ९ हजार १४१ जना निको भएर घर फर्किएका छन् ।




