काठमाडौं, १३ साउन । सुनको भाउ ७ सय रुपैयाँले बढेको छ । आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ ७ सय रुपैयाँले बढेर तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसरी दिन दिनै बढ्दै गएको सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने सम्भावना रहेको जनाइएको छ । आज चाँदीमा पनि ३५ रुपैयाँले बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।

कोरोना महामारीको यो समयमा सुनको भाउ लगतार उकालो लागेको छ ।




