काठमाडौं,१३ साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको छ ।




