advertisement

नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ ।

।

" /> कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेश गर्न रोक लगाउँदै भारत - Sarbocha Media

कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीलाई प्रवेश गर्न रोक लगाउँदै भारत

`

     २०७७ श्रावण १२ गते ६:१७

काठमाडौं, १२ साउन । कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुलाई प्रवेश गर्न नदिइने भएको छ ।

भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै उक्त क्षेत्रहरुमा प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।

विभिन्न नेपालीको समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आएको एक विज्ञप्तीमा उल्लेख गरेको छ ।

भारतले आफ्नो भनेर कब्जा गर्दै आएको कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

advertisement

नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ ।

।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?