काठमाडौं, ११ साउन । सुनको भाउले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै आज पनि नयाँ रेकर्ड राखेको छ ।
आज साताको पहिलो दिन तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो भाउ अहिलेसम्मकै महँगो हो ।

सुनको भाउ महँगो हुँदा किनबेच ठप्प जस्तै भएको बताइएको छ । व्यवसायीका अनुसार सुन अहिले फाट्टफुट्ट मात्रै कारोबार हुने गरेको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अहिले चाँदी तोलाको ११ सय ५५ रुपैयाँ पुगेको छ ।




