भरतपुर, १० साउन । बाढीपहिरोले बाटो बन्द हुँदा तरकारीको मूल्य बढेको छ । पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको छ । ढुवानी शुल्क बढ्न जाँदा तरकारीको मूल्य बढेको हो ।
बाढी पहिरोको अवस्था रहिरहे तरकारीको मूल्यले आकाश छुने जनाइएको छ । लकडाउनमा चितवनको तरकारी नष्ट गरेको घटना र डुबानले गर्दा पनि किसानले तरकारीबारी मासेर धानखेती गर्न थालका छन् ।
चितवनमा बाढी पहिरो जानुअघि क्रेटको ६०० पर्ने टमाटर अहिले ८५० सम्म पुगेको चितवनका व्यवसायी बताउँछन् । बन्दा बिक्ने समयमा नै नभए पनि बोराको ९०० सम्ममा बिक्री भइरहेको छ ।

बाढी र डुबानका कारणले सबै तरकारीमा प्रति केजी रु पाँचसम्म बढेको जनाइएको छ । यो अवस्था रहिरहे मूल्य अझै बढ्न सक्ने बताइएको छ ।




