advertisement

अति-आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै, भारतबाट लुकीछिपी आवागमन रोक्न सुरक्षाकर्मीहरूको गस्ती बढाउने निर्णय गरेको छ।

अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरूको लागि रक्सौल, वीरगञ्ज सीमा नाकाबाट आउन दिने र स्वास्थ्य र सुरक्षाका मापदण्डको पालना गर्दै होल्डिङ सेन्टरमा राखिनेछ।

" /> वीरगञ्जमा भाेलिदेखि 'कर्फ्यु' - Sarbocha Media

वीरगञ्जमा भाेलिदेखि ‘कर्फ्यु’

`

     २०७७ श्रावण ०९ गते ११:२५

काठमाडौं, ९ साउन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गर्ने भएको छ।

शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले महानगरपालिका क्षेत्रमा शनिबार बिहान ५ बजेदेखि अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिहरू घरबाहिर निस्कन पाइने छैन।

advertisement

अति-आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै, भारतबाट लुकीछिपी आवागमन रोक्न सुरक्षाकर्मीहरूको गस्ती बढाउने निर्णय गरेको छ।

अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरूको लागि रक्सौल, वीरगञ्ज सीमा नाकाबाट आउन दिने र स्वास्थ्य र सुरक्षाका मापदण्डको पालना गर्दै होल्डिङ सेन्टरमा राखिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?