एजेन्सी, ०८ साउन । विश्वभरका वैज्ञानिक कोरोनाविरुद्धको खोप बनाएन दिनरात खटिरहेका छन् । यसैक्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको खोप यो वर्ष नआउन पनि सक्ने जनाएको छ ।
डब्ल्युएचओले भने सन २०२० मै भने खोप तयार हुनेमा ढुक्क नहुन अनुरोध गरेको छ । ‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलेको तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन नसकिने डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रयानेको भनाइ रहेको छ ।
ढिलो आएपनि प्रभावकारी खोप बन्ने कुरालाई सकारात्मक ढंगले लिनुपर्ने रयाने बताए । भ्याक्सिन ढिला आएपनि यसको विश्वसनीयतामा कुनै कमी आउन नदिएमा कुनै फरक नपर्ने उनले बताएका छन् ।

यसअघि भ्याक्सिन बनाइरहेको अक्सफोर्ड र अस्ट्राजेनेकालाई डब्ल्युएचओले बधाई दिएको थियो । तर खोपले मात्रै कोरोना भाइरसको अन्त्य नहुने उसले बतउदै आएको छ ।




