एजेन्सी, ७ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझ खराब हुने अनुमान गरेका छन्।
ट्रम्पले कोरोना महामारीको स्थिति ठिक हुनु भन्दा अगाडि खराब हुने बताएका छन् ।
उनले कोरोनाभाइरस सम्बन्धी पत्रकारहरूलाई जानकारी दिने काम फेरि सुरु गरेका छन् र त्यही बेला उनले यस्तो बताएका हुन्।
ट्रम्पले कोरोनाको दैनिक प्रेस ब्रीफिंग पुनः सुरु गरेर सबै अमेरिकीहरूलाई अनुहारको मास्क लगाउन आह्वान गरेका छन् ।
यद्यपि राष्ट्रपतिले प्रेससँगको कुराकानीको क्रममा आफैंले फेस मास्क लगाएका थिएनन् र यसभन्दा अघि उनले त्यस्तो सावधानी कदमहरूको मजाक बनाउँथे।

राष्ट्रपतिका सल्लाहकारहरूले उनलाई यस विषयमा नयाँ अडान लिन आग्रह गरेका छन् किनकि पूरै अमेरिकामा कोरोनाका केसहरू फेरि बढ्दैछन्।




