advertisement

लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने बताइएको छ । नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वी राजमार्गको विभिन्न ठाउँमा अवरोध छ । पृथ्वी राजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ ।

" /> नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुल्यो - Sarbocha Media

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी खुल्यो

`

     २०७७ श्रावण ०६ गते १२:५८

चितवन, ६ साउन । चितवनस्थित कालिखोलामा पहिरो जाँदा बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ ।

मंगलबर दिनभर पहिरो हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

advertisement

लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने बताइएको छ । नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वी राजमार्गको विभिन्न ठाउँमा अवरोध छ । पृथ्वी राजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?