काठमाडौ, ५ साउन। सिद्धार्थ डेभलपमेन्ट बैंकका एक जना फरार व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको छ ।
बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार व्यक्तिलाई टोलीले नियन्त्रणमा लिएको हो । उनी सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक बालकोट बस्ने मधुसुदन सिलवाल रहेको जनाइएको छ । उनीविरुद्ध दुई वटा बैंकिङ कसूरको मुद्दा दायर भएको थियो ।

सिलवाललाई एउटामा दुई वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत तथा अर्कोमा तीन वर्ष कैद र एक करोड रुपयाँ जरिवाना सजाय तोकिएको थियो ।




