काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा आजदेखि थप सार्वजनिक गाडी चल्न थालेका छन् ।
यसअघि सरकारले बनाएको नियम अनुसार साझा यातायात, मयुर यातयात ,सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले बस चलाउँदै आएका थिए ।
सार्वजनिक यातायात केन्द्रीय महासङ्घ पनि आजदेखि गाडी चलाउन सहमत भएको छ । सरकारले ल्याएको मौद्रिक नीतिमा व्यवसायीका धेरैजसो माग सम्बोधन भएपछि महासंघ पनि सार्वजनिक यातयात चलाउन सहमत भएको हो ।

अहिले जिल्लाभित्रै मात्रै गाडी चल्नेछन् । उपत्यकामा तीन जिल्लामा गाडी चल्नेछन् ।




