चितवन, ५ साउन । लगातार परेको पानीको कारण ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ।
हाल पहिरो हटाउन कठिनाइ भइरहेको जनाइएको छ। पहिरो खसिरहेकोले खसेको पहिरो हटाउन नसकेको बताइएको छ ।

बाटो खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।




