advertisement

गत आर्थिक वर्षको आय-व्यय सार्वजनिक नै नगरी गाउँपालिका प्रमुख विजय चौरसियाले गत असार ३१ मा चौथो गाउँसभा सम्पन्न गरेको उनको आरोप छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खर्च भएको रकम, क्वारेन्टाइन व्यवस्थापनमा खर्च भएको रकम, आव ०७५/७६ र ०७६/७७ को लक्षित वर्गको रकम र खर्च शीर्षक सार्वजनिक गर्न माग गरेको उनले बताइन् ।

यसैगरी आव ०७६/७७ मा इन्धन खर्चको ३० लाख रुपैयाँको खर्च र जेसिबी मेसिनको आम्दानी पनि सार्वजनिक गर्न माग गरिएको छ । गाउँपालिकाअन्तर्गत वडा २ र ३ मा रहेको मधुवनी पोखरी र गोनहापोखरीको माछा बिक्री आम्दानी रकम र गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सको आम्दानी रकम सार्वजनिक गर्न माग गरिएको उपप्रमुखले बताइन् । साउन १ मा उपप्रमुख देवीले चौथो गाउँसभा आफूले बहिष्कार गरेको जनाएकी थिइन् ।

नीति तथा कार्यक्रम र बजेट पारित गर्न गाउँसभा बोलाउनुअघि राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र योजना तथा बजेट तर्जुमा समितिको बैठक गर्नु पर्छ ।

" /> पर्सामा उपप्रमुखले नै गरिन् गाउँपालिकामा तालाबन्दी - Sarbocha Media

पर्सामा उपप्रमुखले नै गरिन् गाउँपालिकामा तालाबन्दी

`

     २०७७ श्रावण ०४ गते २:४७

वीरगन्ज, ४ असार । पर्साको पकाहामैनपुर गाउँपालिका उपप्रमुख नेतृत्वको समूहले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । विभिन्न १० बुँदे माग राख्दै उपप्रमुख कुशमी देवीले कार्यालय भवनको मूल गेटमा तालाबन्दी गरेकी हुन् ।

गाउँपालिका प्रमुख र प्रशासकीय अधिकृतले मिलेमतोमा गत आर्थिक वर्षमा विभिन्न शीर्षकको बजेट हिनामिना गरेको उपप्रमुख पक्षको आरोप छ ।

पटक/पटक आय-व्यय सार्वजनिक गर्न माग गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरिएको उनले बताइन् । गत असार ३१ मा गाउँपालिकाको चौथो गाउँसभा मोबाइल, ब्याग, रेनकोट लगायतका सामग्री वितरण गरेर सम्पन्न गरिएको उपप्रमुख कुशमी देवीले खुलाइन् । वर्षातको समयमा स्थानीयको साथमा उपप्रमुख कार्यालयमा तालाबन्दी गर्न पुग्दा सुरक्षाकर्मीले हस्तक्षेप गरी रोक्ने प्रयास गरेका थिए । ठेलमठेलमा उपप्रमुख सामान्य घाइते भएकी थिइन् ।

advertisement

गत आर्थिक वर्षको आय-व्यय सार्वजनिक नै नगरी गाउँपालिका प्रमुख विजय चौरसियाले गत असार ३१ मा चौथो गाउँसभा सम्पन्न गरेको उनको आरोप छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खर्च भएको रकम, क्वारेन्टाइन व्यवस्थापनमा खर्च भएको रकम, आव ०७५/७६ र ०७६/७७ को लक्षित वर्गको रकम र खर्च शीर्षक सार्वजनिक गर्न माग गरेको उनले बताइन् ।

यसैगरी आव ०७६/७७ मा इन्धन खर्चको ३० लाख रुपैयाँको खर्च र जेसिबी मेसिनको आम्दानी पनि सार्वजनिक गर्न माग गरिएको छ । गाउँपालिकाअन्तर्गत वडा २ र ३ मा रहेको मधुवनी पोखरी र गोनहापोखरीको माछा बिक्री आम्दानी रकम र गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सको आम्दानी रकम सार्वजनिक गर्न माग गरिएको उपप्रमुखले बताइन् । साउन १ मा उपप्रमुख देवीले चौथो गाउँसभा आफूले बहिष्कार गरेको जनाएकी थिइन् ।

नीति तथा कार्यक्रम र बजेट पारित गर्न गाउँसभा बोलाउनुअघि राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र योजना तथा बजेट तर्जुमा समितिको बैठक गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?