एजेन्सी, ४ साउन । पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी ३८ हजार ९ सय २ जना नयाँ कोरोना भाइरस संक्रमणको रिपोर्ट गरिएको छ । त्ययस्तै ५ सय ४ जनाको मृत्यु भएको छ।
योसँगै, भारतमा कोरोनाको कारण मर्ने व्यक्तिको कुल संख्या बढेर २६ हजार ८ १६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा अहिले कोलोना पोजिटिभका कूल संख्या १० लाख ७७ हजार ६ सय १८ पुगेको ।
तीन लाख ७३ हजार ३ सय ७९ जनामा अझै कोराोना भाइरसको संक्रमण सक्रिया रहेको छ। त्यस्तै ६ लाख ७७ हजार ४ सय २३ जना निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा सक्रिय केसहरू महाराष्ट्र र तमिलनाडुमा छन्। जबकि महाराष्ट्रमा हाल १ लाख २३ हजार ६ सय ७८ जनामा सक्रिय केस छ । तमिलनाडुमा ४९ हजार ४ सय ५५ सक्रिय केसहरू छन्। कर्नाटकमा ३६ हजार ६ सय ३७ आंध्र प्रदेशमा २२ हजार २ सय ६० सक्रिय केसहरु छन्।




