advertisement

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगले पनि सम्भव भएसम्म परीक्षा लिन सबै विश्वविद्यालयलाई परिपत्र गरेको छ । आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन परिपत्र गरेको हो । आयोगको परिपत्रमा पहिलो परम्परागत परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुई वटा सेमेस्टरको परीक्षा एकैपटक लिन सकिने उल्लेख छ ।

कोरोनाका कारण गत ६ चैतदेखि सबै शैक्षिक संस्था बन्द गरिएका थिए भने सञ्चालन भइरहेका परीक्षा पनि रोकिएका थिए । कतिपय संकायमा केही विषयका परीक्षा भएका छन् भने केही बाँकी छन् । चार महिनासम्म त्रिविले विकल्प नदिँदा विद्यार्थी तनावमा छन् । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए । एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी थियो । इन्जिनियरिङलगायत संकायमा झन् समस्या भएको छ । केही परीक्षा दिएका विद्यार्थीले माथिल्लो सेमेस्टर अनलाइनमा पढ्न पनि पाएका छैनन् । काठमाडौं विश्वविद्यालयले सेमेस्टर प्रणालीमा असर नपर्ने गरी शिक्षकले गरेको आन्तरिक मूल्यांकनका आधारमा विश्वविद्यालयका विद्यार्थीलाई प्रमाणपत्र दिन थालेको छ ।

" /> त्रिविको परीक्षाका लागि चार विकल्प - Sarbocha Media

त्रिविको परीक्षाका लागि चार विकल्प

`

     २०७७ श्रावण ०४ गते ४:१३

काठमाडौं, ४ साउन । पहिलो ‘ओपन बुक इग्जाम’, दोस्रो आन्तरिक मूल्यांकन र मौखिक परीक्षा, तेस्रो अनलाइनमार्फत परीक्षा र चौथो दूरी कायम गरेर परीक्षा केन्द्रमै परीक्षा लिने, आइतबार निर्णय हुँदै ।

त्रिभुवन विश्वविद्यालयले परीक्षासम्बन्धी सिफारिस गर्न गठन गरेको समितिले चार विकल्पमा काम गर्न सुझाब दिएको छ । समितिले दिएको सुझाबका आधारमा आइतबार परीक्षासम्बन्धी निर्णय गर्न लागिएको छ ।

त्रिविले गठन गरेको समितिले ‘ओपन बुक इग्जाम’देखि परम्परागत रूपमा लिइँदै आएजस्तै दूरी कायम गरी परीक्षा लिन सकिने सहित चार सुझाबहरू दिएको छ । पहिलो, ‘ओपन बुक इग्जाम’ लिन सकिने विकल्प दिएको छ । केन्द्रबाट प्रश्न पठाउने र विद्यार्थीले निश्चित समयभित्र उत्तर लेखेर पठाउने ‘ओपन बुक इग्जाम’ हो । दोस्रोमा आन्तरिक मूल्यांकनलाई केही भार दिने र मौखिक परीक्षा लिने विकल्प सुझाएको छ । जुमलगायका विभिन्न माध्यम, टेलिफोन आदिबाट मौखिक परीक्षा लिन सकिने समितिको सिफारिसमा उल्लेख छ ।

तेस्रो, अनलाइन परीक्षा लिन सकिने विकल्प सिफारिस गरेको छ । यसमा विद्यार्थीले अनलाइनमै बसेर तोकिएको समयभित्र उत्तर लेखेर पठाउन सक्नेछन् । थोरै विद्यार्थी र प्रविधिको प्रयोग भएका विद्यालयमा यो विधि उपयुक्त हुने समितिका एक सदस्यले बताए । चौथो विकल्पमा परम्परागत रूपमा परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा लिन सकिने समितिले सिफारिस गरेको छ । विद्यार्थी संख्या धेरै रहेको त्रिविमा कोभिड–१९ पछिको अवस्थामा उनीहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । त्यसैले सबभन्दा पहिले विद्यार्थीलाई ‘ट्रेसिङ’ गरी कहाँ र कस्तो अवस्थामा छन् पत्ता लगाउनुपर्ने समितिले बताएको छ । विद्यार्थी पत्ता लगाएपछि उनीहरूलाई पायक पर्ने ठाउँमा परीक्षा केन्द्र निर्धारण गरी सुरक्षा अपनाएर परम्परागत ढंगको परीक्षा लिन सकिने विकल्प समितिले दिएको छ ।

समितिले परीक्षासम्बन्धी सुझाबसहितको प्रतिवेदन रेक्टरको संयोजकत्वमा रहेको परीक्षा सुधार समितिलाई बुझाएको छ । त्रिविका रेक्टर प्रा.डा. शिवलाल भुसालले प्रतिवेदन आएको र कुन विकल्पअनुसार जान सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । आइतबार सुधार समितिको बैठक बस्ने र कुन विकल्पअनुसार परीक्षा गर्ने भन्ने विषयमा निर्णय गर्ने प्रा.डा. भुसालले बताए । ‘परीक्षा सुरु गर्नुपर्छ भन्नेमा छौँ । अन्तर्वार्ता तथा दूरी कायम गरेर परीक्षा गर्न सकिन्छ कि भन्ने छ,’ उनले भने ।

advertisement

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगले पनि सम्भव भएसम्म परीक्षा लिन सबै विश्वविद्यालयलाई परिपत्र गरेको छ । आयोगले कोभिड–१९ को सुरक्षा प्रोटोकल कायम गरी विश्वविद्यालयका स्थगित परीक्षा लिन परिपत्र गरेको हो । आयोगको परिपत्रमा पहिलो परम्परागत परीक्षालाई दिन र परीक्षा लिन सम्भव नभएका विश्वविद्यालयले विद्यार्थीलाई माथिल्लो सेमेस्टर वा वर्षमा पठनपाठन कायम गरी दुई वटा सेमेस्टरको परीक्षा एकैपटक लिन सकिने उल्लेख छ ।

कोरोनाका कारण गत ६ चैतदेखि सबै शैक्षिक संस्था बन्द गरिएका थिए भने सञ्चालन भइरहेका परीक्षा पनि रोकिएका थिए । कतिपय संकायमा केही विषयका परीक्षा भएका छन् भने केही बाँकी छन् । चार महिनासम्म त्रिविले विकल्प नदिँदा विद्यार्थी तनावमा छन् । व्यवस्थापन संकायका स्नातकोत्तर तहमा दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेका थिए । एमए दोस्रो र चौथो सेमेस्टरको परीक्षा सुरु हुन दुई दिन मात्र बाँकी थियो । इन्जिनियरिङलगायत संकायमा झन् समस्या भएको छ । केही परीक्षा दिएका विद्यार्थीले माथिल्लो सेमेस्टर अनलाइनमा पढ्न पनि पाएका छैनन् । काठमाडौं विश्वविद्यालयले सेमेस्टर प्रणालीमा असर नपर्ने गरी शिक्षकले गरेको आन्तरिक मूल्यांकनका आधारमा विश्वविद्यालयका विद्यार्थीलाई प्रमाणपत्र दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?