काठमाडौं, साउन ४। सार्वजनिक यातायात दुई/तीन दिनपछि खुल्ने भएको छ ।
साउन ६ गतेबाट छोटो दूरीका सबै गाडी सञ्चालन हुने जनाइएको छ । सरकारले असार अन्तिम साता छोटो दूरीका यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेको छैन ।
छोटो दूरीलामो दूरीको पनि खोल्नुपर्ने जनाइएको छ । सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ ।

कोरोनाबाट अति प्रभावित पेसा व्यवसाय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्रलाई पनि समेटिएको छ ।




