advertisement

पछिल्लो घण्टामा २४ तमिलनाडुमा ४ हजार ५ सय ३८, कर्नाटकमा ३ हजार ६ सय ९३ र आन्ध्र प्रदेशमा २ हजार ६ सय २ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ।

" /> भारतमा कोरोनाको नयाँ घटनाहरू एक घण्टामा एक हजार ४ सय भन्दा बढी - Sarbocha Media

भारतमा कोरोनाको नयाँ घटनाहरू एक घण्टामा एक हजार ४ सय भन्दा बढी

`

     २०७७ श्रावण ०३ गते ७:०१

एजेन्सी, ३ साउन । भारतमा कोरोना महामारी दिनहुँ बढ्ने क्रम जारीनै रहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्यांका अनुसार पछिल्लो २४ घण्टामा ३४ हजार ८ सय ८४ कोरोनाकाको नयाँ घटनाहरू दर्ता भएका छन्।

यद्यपि सरकारले ६ लाख ५३ हजार ७ सय ५३ मानिस अहिलेसम्म कोरोना संक्रमणपछि निको भइसकेको जनाएको छ । हालसमम ३ लाख ५८ हजार ६ सय ९२ जनामा मात्र कोरोनाका सक्रिय केसहरू रहेको जनाइएको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाका कारण ६ सय ७१ जना मृत्यु भएका छन् । जुन पछि देशमा कुल मृत्युको संख्या २६ हजार २ सय ७३ पुगेको छ। गत २४ घण्टामा दिल्लीमा १ हजार ४ सय ६२ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ भने महाराष्ट्रमा ८ हजार ३ सय ८ नयाँ घटनाहरू छन्।

advertisement

पछिल्लो घण्टामा २४ तमिलनाडुमा ४ हजार ५ सय ३८, कर्नाटकमा ३ हजार ६ सय ९३ र आन्ध्र प्रदेशमा २ हजार ६ सय २ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?