काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ ।
ओली र प्रचण्डबीच शुक्रबार छलफल भएको थियो । उक्त छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । गत असार १७ गतेदेखि स्थायी कमिटीको बैठक सुरु भएको थियो ।

स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् ।




