advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण सम्झौताले सीमापार बजार लगायत सडक सञ्जाल विस्तार र कोरोना पछिको आर्थिक पुनरुत्थानलाई सहयोग पुग्ने बताएका छन् ।

" /> विश्व बैङ्कसंग करिब ५४ अर्बको ऋण सम्झौता - Sarbocha Media

विश्व बैङ्कसंग करिब ५४ अर्बको ऋण सम्झौता

`

     २०७७ श्रावण ०३ गते २:०२

काठमाडौँ, साउन ३ । विश्व बैङ्कले नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो ऋण उपलब्ध गराउने भएको छ ।

विश्व बैङ्कले नेपाललाई करिब ५४ अर्ब रुपियाँको ऋण उपलब्ध गराउने भएको हो । शुक्रबार विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने करिब ५४ अर्ब रुपियाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालसमेत हेर्ने देशीय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाले ऋण सम्झौताले सीमापार बजार लगायत सडक सञ्जाल विस्तार र कोरोना पछिको आर्थिक पुनरुत्थानलाई सहयोग पुग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?