advertisement

मुटुका रोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले असार ३० गते बिपी प्रतिष्ठान पुर्‍याएको थियो । उपचारअघि अस्पतालमै उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको थियो ।

उनको उपचारकै क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

" /> प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमणबाट एकको मृत्यु - Sarbocha Media

प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमणबाट एकको मृत्यु

`

     २०७७ श्रावण ०२ गते ८:२६

सप्तरी, २ साउन । प्रदेश १ मा पहिलोपटक एक कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराज नगरपालिका–६ का ७२ वर्षीय रामकृष्ण लालदासको बिहीबार राति ११ बजे धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा निधन भएको हो ।

advertisement

मुटुका रोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले असार ३० गते बिपी प्रतिष्ठान पुर्‍याएको थियो । उपचारअघि अस्पतालमै उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा बिहीबार बिहान पोजिटिभ रिपोर्ट आएको थियो ।

उनको उपचारकै क्रममा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?