advertisement

प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशको संसद स्थगित भएको छ । अर्को सुचना नआएसम्मका लागि बैठक स्थगित भएको नेकपाका मुख्य सचेतक गुलावजंग शाहले बताए । प्रदेश सभा बैठक जारी राख्ने कि अत्य गर्ने बिषयमा छलफल भइरहेको शाहले बताए ।

" /> कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण - Sarbocha Media

कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई कोरोना संक्रमण

`

     २०७७ आषाढ ३० गते १०:०७

काठमाडौं, ३० असार। कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीमा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश प्रदेशसभाको बैठक जारी रहेका बेला प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएको हो । सोमबार गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको प्रदेशसभाले जनाएको छ ।

नेपाली कांग्रेसका नेतासमेत रहेका शाही पूर्वपर्यटन मन्त्री पनि हुन् । कोरोना पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखिएको छ। उनको अबस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। शाहीको सम्पर्कमा आउने सबैको कोरोना परीक्ष गरिने भएको छ । उनको सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख राजबहादुर शााहीले बताए।

advertisement

प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशको संसद स्थगित भएको छ । अर्को सुचना नआएसम्मका लागि बैठक स्थगित भएको नेकपाका मुख्य सचेतक गुलावजंग शाहले बताए । प्रदेश सभा बैठक जारी राख्ने कि अत्य गर्ने बिषयमा छलफल भइरहेको शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?