भारतमा २४ घण्टामा कोरोना संक्रमणको नयाँ घटना २८ हजार ४ सय ९८

`

     २०७७ आषाढ ३० गते ५:३८

एजेन्सी, ३० असार । पछिल्ला २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणको २८ हजार ४ सय ९८ नयाँ घटनाहरू भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५३ व्यक्ति भाइरसबाट ज्यान गएको छ । यससँगै भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या बढेर ९ लाख ६हजार ७ सय ५२ पुगेको छ। यी मध्ये ३ लाख ११ हजसार ५ सय ६५ जना अझै संक्रमित छन् । त्यस्तै ५ लाख ७१ हजार ४ सय ६० निको भएको जनाइएको छ ।

हालसम्म भारतमा कोरोना भाइरसबाट मर्नेहरूको संख्या २३ हजार ७ सय २७ पुगेको छ। भारतमा कोरोना भाइरसबाट प्राप्त हुने रिकभरी रेट ६३.०२ प्रतिशत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?