काठमाडौं, ३० असार। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी दिएको छ।
डब्ल्यूएचओका अनुसार देशहरुले कोरोनाका संक्रमण रोक्ने प्रावधान सहि तरिकाले लागु नगरिएमा संक्रमणको महामारीले झन खतरा अवस्था सिर्जना गर्न सक्ने रहेको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत दिशामा अघि बढेको भनाइ राखेका छन् । जस कारणले कोरोनाले झन नराम्रो अवस्था ल्याउन सकिने जनाइएको छ।

टेड्रोसले धेरै देशहरुले सामाजिक दुरी, हात धुने र मास्क लगाउने जस्ता सामान्य सतर्कता पनि नअपनाइएको बताएका छन् । यदि डब्ल्यूएचओ र स्वास्थ्यविज्ञहरुले दिएका सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने उनले चेतावनी दिए ।




