काठमाडौंमा चल्यो सार्वजनिक यातायात

`

     २०७७ आषाढ २९ गते ७:५५

काठमाडौं, २९ असार । काठमाडौंमा यातयात सञ्चालन हुन थालेको छ। मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेकोहो।

सरकारले तोकेको मापदण्डअनुसार मयूरले सेवा सुरु गरिएको जनाइएको छ । आज सोमबारबाट मयूरको ६ वटा बस सञ्चालन भको बताइएको छ। कम्पनीले काठमाडौं, धुलिखेल, पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।

केही मयूर यातयातको मर्मत भइरहेकोले हाल ६ वटा चलाउने र बुधबारदेखि २० देखि २२ वटै बस चल्ने भएको कम्पनीले जनाएको छ । सरकारले बनाएको मापदण्डअनुसार नै मयूरले एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?