advertisement

उक्त सलह दिउँसो १ बजेतिर राप्ति नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको जनाइएको छ । सलहले प्यूठान अर्घाखाँची लगायतका अन्य छिमेकी जिल्लाहरुमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेको देखिएको बताइएको छ ।

" /> सलह कीरा फेरि नेपालमा भित्रियो - Sarbocha Media

सलह कीरा फेरि नेपालमा भित्रियो

`

     २०७७ आषाढ २९ गते २:३०

काठमाडौं, २९ असार । सलह कीराको झुण्ड फेरि नेपालमा भित्रिएको छ ।

भारतबाट पुनः सलहको एउटा झुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरु मध्ये एक झुण्ड नेपाल भित्रिएको हो ।

advertisement

उक्त सलह दिउँसो १ बजेतिर राप्ति नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको जनाइएको छ । सलहले प्यूठान अर्घाखाँची लगायतका अन्य छिमेकी जिल्लाहरुमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेको देखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?