काठमाडौ, २९ असार । नेकपा पार्टी भित्र एमसिसि को बारेमा विवाद भैरहेको समयमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।
एमसीसी बारे अध्यन गर्न प्रवास संगठन मार्फत तीन सदस्यीय कार्यदल बनाएको जसपाले आफ्नो प्रवास संगठन मार्फत यथास्थितिमा एमसीसी पास गर्न नहुने धारणा सार्वजनिक गरेको हो । एमसीसी सम्झौताका शर्तहरु गम्भीर प्रकृतिका रहेकोले पास गर्न नहुने जसपाले बताएको छ ।

जसपाले एमसीसी ईष्ट ईण्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकालेको छ । राष्ट्रियता र सार्बभौमिकता नै खतरामा पर्ने गरी नेपालले कुनै पनि देशसंग सहकार्य गर्न नस्क्ने जनाइएको छ।




