काठमाडौं, २८ असार । सुनको भाउ घटेको छ । हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । शुक्रबार सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने घटबढ भएको छैन । प्रतितोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण छ ।




