advertisement

मन्त्रालयले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाएको छैन । यो संख्या बढेर शुक्रबारसम्म काेराेना संक्रमितकाे संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा बढ्दो गतिविधिसंगै संक्रमितको संख्या हरेक दिन थपिन थालेको पाइएको छ । चिकित्सकहरले पनि यो अवस्थाप्रति चिन्ता जाहेर गर्दै संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।

देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्। अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्।

" /> थप ११८ जना कोरोना पुष्टि, काठमाडाैं उपत्यकामा मात्रै ४२ जनामा काेराेना भेटियाे - Sarbocha Media

थप ११८ जना कोरोना पुष्टि, काठमाडाैं उपत्यकामा मात्रै ४२ जनामा काेराेना भेटियाे

`

     २०७७ आषाढ २६ गते ११:०३

काठमाडौं, २६ असार । शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

advertisement

मन्त्रालयले उपत्यकाको कुन कुन ठाउँका व्यक्तिमा कोरोना संक्रमण भएको हो भन्ने खुलाएको छैन । यो संख्या बढेर शुक्रबारसम्म काेराेना संक्रमितकाे संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा बढ्दो गतिविधिसंगै संक्रमितको संख्या हरेक दिन थपिन थालेको पाइएको छ । चिकित्सकहरले पनि यो अवस्थाप्रति चिन्ता जाहेर गर्दै संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् ।

देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्। अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?