पहिरोले घर पुरिँदा लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु

`

     २०७७ आषाढ २६ गते २:०८

लमजुङ, २६ असार । अविरल वर्षाले पहिरो गएर घर पुरिँदा लमजुङको वेसीसहर नगरपालिका ७ सातबिसेमा बिहीबार राति एकै परिवारका ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३२ वर्षका दीपक तामाङ, २५ वर्षकी बिमाया तामाङ र ९ वर्षका छेवाङ तामाङ छन्।

सोही घरमा बस्ने अन्य ३ जना सामान्य घाइते भएको र उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। यस्तै, पहिरोले वेसीसहर–चामे सडक पनि अवरुद्ध भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?