काठमाडौं, २५ असार । सुनको भाउ एकै दिनमा प्रति तोला ९ सय रुपैयाँले बढेर नयाँ रकर्ड बनाएको छ।
सुनको भाउले अहिलेसम्मकै महंगो मूल्यको रकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ९२ हजार ४ सय रुपैयाँ पुगेको छ।
मंगलाबार ७ सयले बढेको सुन हिजो मंगलाबार तोलामा ६ सय रुपैयाँ बढेको थियो । यसअघि गएको असार १७ गते सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो । तर त्यसलाई पनि आजको सुनको बृद्धिले उछिनेको छ ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँ पुगेको जनाइएको छ।




