advertisement

यसैबीच ४ लाख ७६ हजार ३७८बिरामीहरू संक्रमणबाट पूर्ण रूपमा निको भएर उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट मर्नेहरूको संख्या बढेर २१ हजार एक सय २९ पुगेको छ।

" /> भारतमा कोरोना रफ्तार : प्रत्येक घण्टा एक हजार बढी संक्रमित फेला - Sarbocha Media

भारतमा कोरोना रफ्तार : प्रत्येक घण्टा एक हजार बढी संक्रमित फेला

`

     २०७७ आषाढ २५ गते ५:२५

एजेन्सी, २५ असार । भारतमा प्रत्यक दिन कोरोनाको संख्या तीव्र गतिमा बढ्ने क्रम जारी रहेको छ। त्यस्तै फेरि यो क्रम जारी नै रहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८ सय ७९ संक्रमितहरु फेला परेको छ । त्यस्तै ४ सय ८७ जनाले ज्यान गुमाएका छन् । नयाँ केसहरू समावेश भएपछि भारतमा संक्रमणका जम्मा घटनाहरू बढेर ७ लाख ६७ हजार २ सय ९६ पुगेको छ। ती मध्ये २ लाख ६९ हजार ७ सय ८९ व्यक्ति हाल कोरोना सक्रिय छन् ।

advertisement

यसैबीच ४ लाख ७६ हजार ३७८बिरामीहरू संक्रमणबाट पूर्ण रूपमा निको भएर उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट मर्नेहरूको संख्या बढेर २१ हजार एक सय २९ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?