advertisement

सिन्धुपाल्चोक प्रहरीका अनुसार बेपत्ताहरुको खोजी भैरहेको छ ।

" /> सिन्धुपाल्चोक बाढी अपडेट : २२ जना बेपत्ता, २४ घर बगायो - Sarbocha Media

सिन्धुपाल्चोक बाढी अपडेट : २२ जना बेपत्ता, २४ घर बगायो

`

     २०७७ आषाढ २५ गते २:५४

सिन्धुपाल्चोक, २५ असार । सिन्धुपाल्चोकमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका छन्, भने करिब २४ घर बगाएको जनाइएको छ ।

बाह्रबिसे र भोटेकोशीको बाढीमा दुई जनाको शव भेटिएको छ भने दुई जना घाइतेको उद्धार गरिएको छ ।

बाह्रबिसे नगरपालिका ३ जम्बु बजारमा खहरे खोलामा आएको बाढीले १८ जना बेपत्ता भएका छन् । यस्तै भोटेकोशी गाउँपालिकामा चार जना बेपत्ता भएका छन् । बर्कुटे भन्ने ठाउँमा स्थानीय खहरे खोलामा बाढी आउँदा दुईवटा घर बगाएको छ ।

advertisement

सिन्धुपाल्चोक प्रहरीका अनुसार बेपत्ताहरुको खोजी भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?