काठमाडौं, २५ असार, । बाह्रबिसेमा बाढीले ११ भन्दा बढी घर बगाएको छ । बाढीले जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्याएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीमा परी कम्तिमा १६ जना मानिस बेपत्ता जनाइएको छ । बाह्रबिसे नजिकै अरनिको राजमार्गको एउटा साइड बगाएको प्रहरी कार्यालयले जनाएको छ । यस्तै खगदल भन्ने ठाउँमा पक्की पुल बगाएको छ ।

बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको जनाइएको छ ।




