advertisement

पार्टीकका दुवैअध्यक्षबीच समाझदारी कायम नहुँदा बैठक २४ गते आजलाई सारिएको थियो । तर आज फेरी तेस्रो पटक नेकपाको स्थायी कमिटी बैठक भएको छ ।

" /> नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित - Sarbocha Media

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

`

     २०७७ आषाढ २४ गते ५:४१

काठमाडौं, २४ असार । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शुक्रबारसम्मको लागि स्थगित भएको छ ।

आज बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको हो । असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिएका हुन् ।

गत असार २० गते बस्ने भनिएको बैठक दुई अध्यक्षबीच असमाझदारी बढेपछि २२ गतेलाई सारिएको थियो । त्यसबीचमा दुवै अध्यक्षले पार्टीको समस्यालाई सुल्झाउने प्रयास गरेका थिए ।

advertisement

पार्टीकका दुवैअध्यक्षबीच समाझदारी कायम नहुँदा बैठक २४ गते आजलाई सारिएको थियो । तर आज फेरी तेस्रो पटक नेकपाको स्थायी कमिटी बैठक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?